Byroad News

Loading...

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण


मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण

हेटौंडा/७ साउन                                                    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दिवंगत नेता तथा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सालिक अनावरण गर्नुभयो ।

सालिक अनावरण पश्चात् नेकपा एमाले मकवानपुरको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पुष्पलालका शिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गर्नुभयो । अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकोमा दु:ख व्यक्त गर्नुभयो । पुस्पलालले नै कम्युनिष्ट आन्दोलनलाई यो अवस्थामा ल्याएकोले यसलाई आत्मसाथ गर्नुपर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेशका संगठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा माओबादी मकवानपुरका नेता कमानसिह पाख्रिन, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो 

Comments

KATHMANDU WEATHER