Byroad News

Loading...

खेल्ने क्रममा १४ वर्षका दाइले गरे १३ वर्षीय भाइको हत्या


खेल्ने क्रममा १४ वर्षका दाइले गरे १३ वर्षीय भाइको हत्या

सल्यान/६ साउन
खेल्ने क्रममा भएको विवादका कारण सल्यानमा एक १४ वर्षीय बालकले आफ्नै भाइको हत्या गरेका छन् ।

मंगलबार राति बनगाड कुपिण्डे नगरपालिका–५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाई जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।

घाइते सन्दिपको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिनुभयो । 

सन्दिपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दिप र सियो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । 

दुई दाजु भाइका छोराबीच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनु भयो।

Comments

KATHMANDU WEATHER