Byroad News

Loading...

सामान्य विवादमा घरधनीको विभत्स हत्या


सामान्य विवादमा घरधनीको विभत्स हत्या

उदयपुर/६ साउन
उदयपुरमा घरेलु कामदारले नै घरधनीको विभत्स हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ८ उत्राहीका ६५ वर्षीय महिकर चौधरीको बुधबार बिहान घरमा काम गर्दै आएका सहयोगीबाट हत्या भएको हो।

प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सामान्य विषयमा भएको विवादले हत्याको रुपमा लिएको जानकारी दिनु भयो । 

प्रवक्ता गौतमका अनुसार हत्या आरोपी ४५ वर्षीय किसन सदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइसकेको छ।

बिहान करिब सवा ५ बजे सामान्य विषयको विवादका क्रममा सदाले चौधरीमाथि पाँच पटकसम्म खुकुरी प्रहार गरेको खुलेको छ।

कामदारका रुपमा घरमा रहेका सदाले खुकुरीबाट चौधरीको घाँटीमा आक्रमण गरेका थिए।

Comments

KATHMANDU WEATHER