Byroad News

Loading...

८१ किलो गाँजासहित एक जना पक्राउ


८१ किलो गाँजासहित एक जना पक्राउ

थाहानगर/६ साउन
मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्‍चिम लोकमार्ग सडक खण्ड अन्तरगत मनहरी गाउँपालिका वडा नंबर ८ सिमपानीबाट ८१ किलो ३५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

इलाका प्रही कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले आज (बुधबार) बिहान २ बजेर ४५ मिनेटको समयमा मनहरी–८ सिमपानीमा रोकी राखेको ना ८ ख ८२८४ नंबरको ट्रकभित्रबाट गाँजा बरामद गरेको हो ।

प्रहरीले बरामद गाँजा र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER