हेटौंडा/४ साउन
मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई सजाय तोकिएका २ हजार ६०९ जना फरारको सूचीमा रहेका छन् ।
फरार सूचीमा रहेकोहरुको संख्या बढेसँगै सजाय र जरिवाना वक्यौता पनि बढ्दै गएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
आदेश अनुसारको दण्ड जरिवाना संकलन नहुँदा अदालतको बक्यौता २६ करोड एक लाख ८० हजार रुपियाँ पुगेको उहाँले जानकारी दिनुभयो । यस्तै अदालतवाट दण्डवापत कैद बस्नुपर्ने व्यक्ति कैदमा नबस्दा अदालतको लगत वर्षेनी बढ्दै हाल ३ हजार ५५४ वर्ष ५ महिना २१ दिन पुगेको छ । गत आर्थिक वर्षको भन्दा १२२ वर्ष कैद बक्यौता बढेको छ ।
बाँकी वक्यौता र लगत उठाउनका लागि अदालतले डोर पठाउने मात्र होइन, असुली उठाउन प्रहरी प्रशासनसँग अदालतले सहकार्य गर्दै आएको श्रेस्तेदार भट्टराईको भनाइ छ । जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेश गरी २ हजार ६०९ जना छन् । जिल्ला अदालतका अनुसार फरार सूचीमा रहेकामध्ये ६० जना विदेशी नागरिक छन् ।
मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरेको तर फरार व्यक्तिहरुको नामसहितको पत्र प्रहरी कार्यालयमा पठाएको छ । उनीहरुको कैद एवं जरिवाना असुल गर्न/गराउन पक्राउ गरेर अदालतमा हाजिर गराउने र त्यस्ता व्यक्ति फरार भएमा सरकारी निकाय एंव पालिकाहरुबाट सेवा सुविधा रोक्का गर्न तथा निलम्बन गराउन अदालतले परिपत्र समेत गरेको छ ।
परिपत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पालिकाहरुलाई पत्र लेखेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आ.व. २०७७/०७८ को साउनदेखि असारसम्म अदालतले दोषी ठहर गरेका तर फरार १५६ जनालाई पक्राउ गरेर कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता रिमाललाई उदृत गर्दै अनलाइनले खबरले लेखेको छ ।
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments