Byroad News

Loading...

पालुङमा टिपर र मोटरसाइकल ठोक्कियो


पालुङमा टिपर र मोटरसाइकल ठोक्कियो

थाहानगर/४ साउन
सोमबार त्रिभुवन राजपथको पालुङ-कुन्छाल सडक खण्डको ओखरबजार नजिक टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएको छ ।

बिपरित दिशाबाट आएको टिपर र मोटरसाइकल घुम्तिमा ठोक्किदा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बज्रबाराहीबाट पालुङतर्फ आउदै गरेको ना ५ ख ३६४६ नम्बरको टिपरले कुन्छालतर्फ गइरहेको बा ७९ प ४८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका थाहा १ ओखर बजारका वर्ष ४३ का राजमान प्रधानको पालुङमा सामान्य उपचार गरि हाल नर्भिक अस्पताल काठमाडौंमा उपचार गरिरहेको जनाइएको छ । मोटरसाइकल चालक कृष्णकाजी प्रधान भने सामान्य घाइते भएका छन् ।

टिपर र चालक अहिले पालुङ प्रहरीको नियन्त्रणमा छ ।

Comments

KATHMANDU WEATHER