बीरगञ्ज/४ साउन
पर्साको पकहा मैनपुर गाउँपालिकाका एक वडाध्यक्ष खैरो हिरोइनसहित पक्राउ परेका छन्। पकहा मैनपुर गाउँपालिका-१ धोरेका वडाध्यक्ष अम्बिका सहनी खैरो हिरोइनसहित पक्राउ परेका हुन्।
प्रहरीले चेकजाँच गर्ने क्रममा आइतबार राति वीरगञ्ज -१९ बाट सहनी सवार सरकारी नम्बरको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट लागु औषध खैरो हिरोइन ७९ ग्राम बरामद गरेको थियो।
लागु औषध खैरो हिरोइन बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हाे। मोटर साइकलको पछाडि सवार वडा नम्बर -१ धोरे टोलकै ५२ वर्षका रामआदेश सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
साथै उनको पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटर साइकलमा आएका पकहा मैनपुर गाउँपालिका-१ कै ४० वर्षका बलिष्टर सहनीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
खैरो हिरोइनसहित पक्राउ परेका वडाध्यक्ष सहनीसहित तीनैजनालाई आवश्यक अनुसन्धानको लागि पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments