बीरगञ्ज/४ साउन
पर्सा र रौतहटबाट अवैध हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले अवैध हतियारसहित रौतहटबाट तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका २२ वर्षीय देवेन्द्र कुमार यादव, २९ वर्षीय सुधिर कुमार यादव र २४ वर्षीय संदिप कुमार रहेका छन्।
रौतहट मौलापुर नगरपालिका–५ मौलापुरदेखि कलैया जाने सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ०५ एपी नम्बरको मोटरसाइकलमा सवार देवेन्द्रको साथबाट मेड इन इंग्ल्याण्ड लेखिएको एक थान सिक्सर पेस्तोल बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा हतियार कारोबारमा संलग्न रहेका थप दुई जनालाई पनि पक्राउ गरिएको उहाँले बताउनु भयो ।
यसैगरि पर्साको सखुवा प्रसौनी गाउँपालिकाबाट पनि अवैध हतियारसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–५ निवासी ६० वर्षीय रामबाबु कलवार रहेका छन्।
आफ्नो घरभित्र अवैध हतियार लुकाईछिपाई राखेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कलवारको घरबाट एक थान एयरगन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका कलवारलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी हात हतियार सम्बन्धी कसुरमा अनुन्धान अगाडि बढाइएको खनालले बताउनु भयो ।
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments