Byroad News

Loading...

लायन्स क्लव थाहा पिसको अध्यक्षमा खत्री निर्वाचित


लायन्स क्लव थाहा पिसको अध्यक्षमा खत्री निर्वाचित

थाहानगर/४ साउन
लायन्स क्लव अफ थाहा पिसको आगामी वर्षको अध्यक्षमा राममाया खत्री निर्वाचित हुनु भएको छ ।

सोमबार होटल फेमेलीमा भएको साधारणसभाले खत्रीलाई यस भोटका आधारमा अध्यक्षमा निर्वाचित गरेको हो ।

वर्ष २०२०/२०२१ का अध्यक्ष उद्दव बिडारीको सभापतित्वमा सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा जयराम खत्री, दृतीय उपाध्यक्षमा निरज रायमाझी निर्वाचित हुनु भएको छ । 

सोमबार नै वर्ष २०२१/०२२ का नवनिर्वाचित अध्यक्ष राममाया खत्रीले सचिवमा सत्यदेवी स्याङ्तान र कोषाध्यक्षमा सुमन विष्टलाई मनोनित गर्नु भएको छ ।

सल्लाहकार तथा निवर्तमान रिजन चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष बिक्रम केसीले शुभकामना व्यक्त गर्नु भयो ।

नव निर्वाचित कार्यसमितिले कम्तिमा हरेक महिना कुनै न कुनै रुपले सामाजिक अभियानमा सहभागिता जनाउने प्रतिवद्दता व्यक्त गरिएको छ ।

Comments

KATHMANDU WEATHER