काठमाडौं/४ साउन
सांसद पदबाट आइतबार राजीनामा दिनु भएका नेकपा एमालेका नेता भीम रावलले पाँच वर्षका लागि आफूलाई मतदाताले चुनेकामा त्यसको संरक्षण गर्न नसकेको भन्दै अछामी मतदातासँग क्षमा माग्नु भएको छ ।
उहाँले आइतबार सांसद पदबाट राजीनामा दिनु भएको हो ।
उहाँले आइतबार बेलुका एक ट्वीट गर्दै लेख्नु भएको छ, 'जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’
Featured News
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments