Byroad News

Loading...

देउवालाई मोदीको बधाई


देउवालाई मोदीको बधाई

काठमाडौं/४ साउन
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिनु भएको छ ।

प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाउनेबित्तिकै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिनु भएको हो ।

उहाँले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु हुँदै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गर्नु भएको छ । 

देउवा प्रधानमन्त्री नियुक्त हुनु भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले बधाई दिनु भएको थिएन । विश्वासको मत पाएपछि मात्रै मोदीले बधाई दिनु भएको हो ।

Comments

KATHMANDU WEATHER