उदयपुर/३ साउन
उदयपुरको बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् ।
गएराति १० बजेतिर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गोप्य सूचनाका आधारमा उहाँहरुलाई पक्राउ गरेको र उहाँहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनु भयो ।
पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्राउनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ । पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गोप्य सूचनाका आधारमा उहाँहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।
-
12 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments