Byroad News

Loading...

कार्यदलका पूर्वसदस्यहरु बाहेक नेपाल पक्षका सबै सांसदहरुले देउवालाई मत दिने निश्चित


कार्यदलका पूर्वसदस्यहरु बाहेक नेपाल पक्षका सबै सांसदहरुले देउवालाई मत दिने निश्चित

काठमाडौं/३ साउन
नेकपा एमाले माधवकुमार नेपाल पक्षका एकता कार्यदलका पूर्वसदस्यहरु बाहेक अन्य सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ।

स्रोतका अनुसार कार्यदलका चार जना पूर्वसदस्यहरु पनि देउवालाई विश्वासको मत दिने पक्षमा छन् तर उहाँहरुले पार्टी एकताको झिनो आश र त्यसका लागि समन्वय गर्नुपर्ने ठान्नु भएको छ । 

केहीबेरअघि नेपाल पक्षका सांसदहरुको ललितपुरको एक होटल बसेको बैठकले संसद जोगाउन देउवालाई मत दिनु अनिवार्य भएको भन्दै त्यसमा सहमति जनाउनु भएको हो । 

स्रोतले भन्यो, ‘हाम्रा समूहका कार्यदलका सदस्यहरु बाहेक सबै सांसदहरुले देउवालाई विश्वासको मत दिने निर्णय भएको छ। सांसदहरुलाई नरोक्ने भन्ने मान्यताका साथ हामीले यस्तो निर्णय गरेका हौँ। कार्यदलका सदस्यहरु पनि छलफलमा हुनुहुन्छ। सम्भवत उहाँहरुले पनि विश्वासको मत दिने निर्णय गर्नुहुन्छ।’

त्यसअघि कार्यदलका ओली पक्षसहित नेपाल पक्षका पूर्वसदस्यहरुले नेपाललाई पार्टी एकतालाई प्राथमिकतामा राखेर निर्णय लिन आग्रह गर्नु भएको थियो । तर नेता नेपालले आफूले मत दिने निर्णय गरिसकेको जवाफ दिनु भएको थियो । 

Comments

KATHMANDU WEATHER