एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल पक्ष पनि आन्तरिक छलफलमा
काठमाडौं/३ साउन
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीभित्र देखिएको समस्याको विषयमा छलफल हुने बताइएको छ ।
नेपाल पक्ष पनि आन्तरिक छलफलमा
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू आन्तरिक छलफलका लागि निवास कोटेश्वर पुग्नु भएको छ ।
१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुग्नु भएको हो ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने नदिने बारेमा पनि छलफलबाट निर्णय लिइने नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

Comments