Byroad News

Loading...

चल्यो आजदेखि पालुङ-काठमाडौं बस सेवा


चल्यो आजदेखि पालुङ-काठमाडौं बस सेवा

थाहानगर/३ साउन
बैशाख दोस्रो हप्तादेखि रोकिएको पालुङ-काठमाडौं बस सेवा आज आइतबारदेखि पुन: सञ्चालनमा आएको छ । आज विहान ६ बजे पहिलो बस काठमाडौं गएको छ । अब दिउँसो साढे १२ बजे र दिउँसो २ बजे थप बस काठमाडौं जाने तयारी छ । 

भोलिदेखि भने यात्रुहरुको मागलाई ध्यानमा राखी बिहान ६, ७, ९, १०, ११, १२ बजे र आवश्यकता अनुसार दिउँसो २ र ३ बजे पनि सञ्चालन गरिने तयारी गरिएको नारायणी यातायात व्यवसायी संघ प्रा.लि. का पालुङ इन्चार्ज अरुण लामाले जानकारी दिनुभयो ।

लामो समयदेखि राजधानी जाने सवारी साधन नहुदा यात्रु मारमा परेको भन्दै नारायणी यातायात व्यवसायी संघ प्रा.लि.आवद्ध बस सेवाहरु पुन: सुचारु गरिएको जनाएको छ ।

पछिल्लो समय सरकार र यातायात व्यवसायीहरु बिच भएको निर्णय भन्दै भाडा दरमा भने २८ प्रतिशतले वृद्धि गरिएको छ । यस अघि  १७५ रुपियाँ रहेको बस भाडा भोलिदेखि २२५ रुपियाँ कायम गरिएको छ । यसैगरी, फोर्स भाडा २८० रुपियाँ कायम गरिएको जनाएको छ ।

तथापि सरकारी दुई वा दुई भन्दा बढी प्रदेश भएर चल्ने यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको भएपनि पालुङ-काठमाडौंको भाडा पनि वृद्धि गरेको प्रति यात्रुहरुले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।

हेटौंडाका लागि भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेको छ ।

Comments

KATHMANDU WEATHER