Byroad News

Loading...

भोलिदेखि पालुङ-काठमाडौं बस सेवा सञ्चालन हुने


भोलिदेखि पालुङ-काठमाडौं बस सेवा सञ्चालन हुने

थाहानगर/२ साउन
बैशाख दोस्रो हप्तादेखि रोकिएको पालुङ-काठमाडौं बस सेवा भोलि आइतबारदेखि पुन: सञ्चालन हुने भएको छ ।

लामो समयदेखि राजधानी जाने सवारी साधन नहुदा यात्रु मारमा परेको भन्दै नारायणी यातायात व्यवसायी संघ प्रा.लि.आवद्ध बस सेवाहरु पुन: सुचारु गरिन लागेको पालुङ इन्चार्ज अरुण लामाले बताउनु भयो ।

भोलि आइतबारदेखि यात्रुहरुको मागलाई ध्यानमा राखी बिहान ६, ७, ९, १०, ११, १२ बजे र आवश्यकता अनुसार दिउँसो २ र ३ बजे पनि सञ्चालन गरिने तयारी गरिएको लामाले जानकारी दिनुभयो ।

पछिल्लो समय सरकार र यातायात व्यवसायीहरु बिच भएको छलफल र सरकारी निर्णय अनुसार भाडा दरमा भने २८ प्रतिशतले वृद्धि गरिएको छ । यस अघि  १७५ रुपियाँ रहेको बस भाडा भोलिदेखि २२५ रुपियाँ कायम गरिएको छ । यसैगरी, फोर्स भाडा २८० रुपियाँ कायम गरिएको जनाएको छ ।

हेटौंडाका लागि भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेको छ ।

Comments

KATHMANDU WEATHER