हेटौंडा/३१ असार
हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ बाट गत स्थानीय तहमा राप्रपाका वडा अध्यक्षका उम्मेद्वार मिनबहादुर घलानसहित राप्रपा, नेपाली कांग्रेस तथा माओवादी केन्द्रका गरी ३ दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज मयुरधापमा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको छ ।
प्रवेश गर्नेहरुमा मानबहादुर तामाङ, सोमबहादुर गुरुङ, सञ्जय विक, कृष्ण महर्जन, चन्द्रबादुर गोले, भिमलाल गोङवा, गणेश घलान, कमला थिङ, सञ्जय विक लगाएतका हुनुहुन्छ ।
कार्यक्रममा एमाले नेता अनन्त पौडेल, प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, एमाले मकवानपुरका सचिव लालबहादुर थापा, एमाले हेटौंडा नगर अध्यक्ष शालिकराम पुडाशैनी, युवा संघका स्थायी कमिटी सदस्य सन्तोष चौँलागाई लगायतको उपस्थिति थियो ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments