Byroad News

Loading...

आज काठमाडौं उपत्यका सीडीयोहरुको बैठक बस्ने, लामो दुरीका गाडी सन्चालन गर्न दिने सम्भावना


आज काठमाडौं उपत्यका सीडीयोहरुको बैठक बस्ने, लामो दुरीका गाडी सन्चालन गर्न दिने सम्भावना

काठमाडौं/३१ असार
निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज ४ बजे बस्दैछ ।

बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । उपत्यका लगायत जिल्लाहरुमा समेत सार्वजनिक यातायातहरु संचालन भइसकेको हुँदा अब स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गराउने गरी लामो दुरीको सवारी पनि संचालन गर्न दिइने सम्भावना छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुनेछ । 

स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ । ‘चलाउने कि नचलाउने, चलाउन दिने भए कसरी चलाउने भन्ने विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।

Comments

KATHMANDU WEATHER