बारा/३१ असार
ट्रकको ठक्करबाट बारामा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई)को घटनास्थलमै मृत्यु भएको छ।
बुधबार राति सवा ९ बजे बारा माहागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै ट्रकको ठक्करबाट पर्साको सखुवा प्रसौनी–६ लखनपुर घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेश कुमार राउतको मृत्यु भएको हो।
प्र.२–०३–००१ ख ०७१५ नम्बरको ट्रकले राउतले चलाएको स.५ प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
Featured News
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments