Byroad News

Loading...

एमालेप्रति जनताको भरोसा बढेको मुख्यमन्त्री पौडेलको भनाई


एमालेप्रति जनताको भरोसा बढेको मुख्यमन्त्री पौडेलको भनाई

चितवन/३० असार
 वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताउनु भएको छ ।

चितवनको राप्ती नगरपालिकामा आज (बुधबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको बताउनु भयो ।

मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गर्नु भयो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङको नेतृत्वमा ५८ जना एमालेमा प्रवेश गर्नु भएको थियो । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामालगायतले नवप्रवेशीलाई स्वागत गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER