थाहानगर/३० असार
मकवानपुर हेटौंडाको दुई स्थानबाट २ सय ९ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान दुई वटा ट्रकबाट २ सय ९ किलो गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीले विषेश सूचनाको आधारमा बुधबार विहान पौने ११ बजेको समयमा हेटौंडा–१५ रातमाटेबाट बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलो गाँजा बरामद भएको हो । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बारातर्फ जाँदै गरेको भारतीय ट्रकबाट सो परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रवक्ता रिमालका अनुसार, उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको छ ।
त्यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना. ६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना. ६ ख ३७४१ नम्बरको कन्टेनरबाट सो परिमाणमा गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताउनु भयो ।
प्रवक्ता रिमालका अनुसार कन्टेनरका सह–चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर–४ बस्ने बर्ष १९ को दिपक गुरुङलाई पक्राउ गरिएको छ ।
-
10 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments