एजेन्सी/३० असार
पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा लुटपाट समेत भएको छ । सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति भएको लुटपाटको क्रममा भएको भागदौडका कारण १० जना मारिएका थिए ।
भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँदै गरेको देखिएको बीबीसीले उल्लेख गरेको छ । सो शिशुलाई भिडमा रहेकाहरुले समातेका थिए ।
गएको हप्तादेखि दक्षिण अफ्रिकामा प्रदर्शन तथा भिडन्त भइरहेको छ । अहिले हिंसा नियन्त्रणका लागि प्रहरीलाई सघाउन सेना परिचालन गरिएको छ ।
प्रहरीले दंगा भड्काउन मुख्य भूमिका खेल्ने १२ जनाको पहिचान गरिएको जनाएको छ । यस्तै १२ सय जना भन्दा बढिलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ ।
राष्ट्रपति सिरिल रामाफोसाले सन् १९९० को दशक यता ठूलो हिंसात्मक गतिविधि अहिले दक्षिण अफ्रिकामा देखिएको बताएका छन् ।
राजमार्गहरु बन्द गरिएका छन् भने प्रमुख शहरका पसल तथा गोदामहरुमा लुटपाट र आगजनी भएको छ । लुटपाट कायम रहेमा चाँडै नै अत्यावश्यक सामग्रीको अभाव हुने मन्त्रीहरुले बताएका छन् । अहिलेसम्म कम्तीमा २०० सपिङ्ग मलमा लुटपाट भएको छ ।
-
11 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments