Byroad News

Loading...

सर्वोच्चको फैसला विरुद्ध देशका विभिन्न सहरमा विरोध प्रदर्शन


सर्वोच्चको फैसला विरुद्ध देशका विभिन्न सहरमा विरोध प्रदर्शन

थाहानगर/२८ असार
सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा एमालेका भातृ संगठनहरुले राजधानी काठमाडौंलगायत बागमती प्रदेश राजधानी हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो ।

आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि एमाले निकट युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

एमाले निकट अनेरास्ववियु,युवा संघ, अनेमसंघ, खेलखुद महासंघलगायतका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन, संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए ।

Comments

KATHMANDU WEATHER