Byroad News

Loading...

देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय


देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं/२८ असार
विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदलगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

Comments

KATHMANDU WEATHER