काठमाडौं/२८ असार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नरहेको बताउनु भएको छ ।
उहाँले नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पार्नु भएको छ ।
नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने बताउनु भएको छ ।
एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।
कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्नु भएको थियो ।
संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई यसअघि नै सकिएको छ र आजै पेसी चढेको छ ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments