काठमाडौं/२७ असार
प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहकाबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णय अनुसार असार २१ गतेबाट लागू हुने गरी थापा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनु भएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो ।
यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मले निभाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments