Byroad News

Loading...

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको भन्दै दावी खारेज


प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको भन्दै दावी खारेज

काठमाडौं/२७ असार
निर्वाचन आयोगले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी (केन्द्र) वैधानिक रहेको ठहर गरेको छ ।

आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी (केन्द्र)को विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिनुभयो ।

आयोगले पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको भन्दै गरेको दावीलाई अस्वीकार गरेको हो । 

त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।

Comments

KATHMANDU WEATHER