थाहानगर/२७ असार
नेपाल प्रहरीले काठमाडौं र सर्लाहीमा पेस्तोलसहित चारजनालाई पक्राउ गरेको छ ।
सर्लाहीमा प्रहरीले दुई थान इटालियन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो । भने काठमाडौं बानेश्वरबाट एक जना पक्राउ परेको हो ।
सर्लाहीबाट पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेका छन् ।
बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा सवार यी तीनै जनालाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले काठमाडौंको बानेश्वर कात्यानी चोकबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका-२ विधानगर टोल घर भइ काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जय प्रकाश महतो रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. ३१ कत्यानी चोक ईलाकामा हतियार खरिद विक्री गर्न हिडिरहेको विशेष सूचनाको आधारमा महतोलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
असार २३ गते पक्राउ परेका महतोलाई थप अनुसन्धानको लागि जिल्ला अदालत बबरमहलबाट ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ ।
तस्वीर: सर्लाहीमा पक्राउ परेकाहरु ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments