Byroad News

Loading...

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी


एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं/२७ असार
नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।

कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिनु भएको थियो । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ ।

शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।

यसैबीच, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताउनु भएको छ । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताउनु भएको हो । 

नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताउनु भएको हो ।  अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उहाँले स्पष्ट पार्नु भयो । 

Comments

KATHMANDU WEATHER