Byroad News

Loading...

मोटरसाइकल दूर्घटनामा परी कार्कीको मृत्यु


मोटरसाइकल दूर्घटनामा परी कार्कीको मृत्यु

थाहानगर/२७ असार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ बसामाडीमा गएराति मोटरसाइकल दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालयले सडक मर्मत तथा निर्माणको लागि थुपारेको ढुंगामा मोटरसाइकल ठोकिएर दूर्घटना भएको हो । दूर्घटनामा परी मनहरी ३ हाडिखोला बस्ने अन्दाजी ३१ वर्षका कृष्णहरी कार्कीको मृत्यु भएको हो । 

गएराती दूर्घटनामा परी घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल ओभरस्पीडमा रहेको हुँदा दुर्घटना भएको हो ।

हेटौंडाबाट मनहरीतर्फ गइरहेको बागमती प्रदेश ०३—००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा दूर्घटना भएको हो ।

Comments

KATHMANDU WEATHER