थाहानगर/२७ असार
मकवानपुरमा लगातार बर्षासंगै बाढीको खतरा देखिएको छ ।
मकवानपुरको रजैयामा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २६.६ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान शाखा, जलविज्ञान र मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै हेटौंडा फरेष्टीमा रहेको बर्षा मापन केन्द्रमा पछिल्लो १ घण्टामा ९.६ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान शाखा, जलविज्ञान र मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै मकवानपुर गढीमा पछिल्लो २४ घण्टामा ५४.४ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान शाखा, जलविज्ञान र मौसम विज्ञान विभागले जनाएको छ । जसले गर्दा पुर्वि राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपास सामान्य बाढीको सम्भावना रहेको छ ।
उक्त जलाधारका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउनुहुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments