रौतहट/२६ असार
बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् ।
स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ लगेका थिए। तर, बजार भन्दा केहीवरै पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरी दिएपछि थप कार्वाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको इलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिनुभयो ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments