Byroad News

Loading...

एमाले कार्यदल बैठक सहमति नजिक


एमाले कार्यदल बैठक सहमति नजिक

काठमाडौं/२६ असार
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । 

शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिनु भयो । 

त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिनुभयो । 

विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । उहाँले भन्नुभयो ‘अहिले विश्वासको वातावरण  बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

Comments

KATHMANDU WEATHER