Byroad News

Loading...

स्थानीय वस्ती बचाउने अभियानमा


स्थानीय वस्ती बचाउने अभियानमा

थाहानगर/२६ असार
गएको असार १८ गतेको अविरल वर्षाले जोखिममा परेको थाहानगरको फाटबजार बचाउका लागि स्थानीयले तारजाली भरेका छन् ।

फेदीखोलाबाट आउने बाढीले कटान गरेको फाट बजार छेउको खोलामा शनिबार स्थानीय बासिन्दाहरुले तार जाली भरेर वस्ती सुरक्षित बनाउने कोसिस गरेका हुन् । 

तत्कालका लागि नगरपालिकाबाट प्राप्त १० वटामध्ये शनिबार ७ वटा जाली भरेको स्थानीय युवा श्याम तमाङले जानकारी दिनुभयो । यो कार्यले थोरै भएपनि राहत मिलेको छ ।

तस्वीर: श्याम तमाङ

Comments

KATHMANDU WEATHER