Byroad News

Loading...

असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको मिति तोकियो


असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको मिति तोकियो

काठमाडौं/२६ असार
लोक सेवा आयोगले लिएको नेपाल प्रहरी सहायक निरीक्षक (असई)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले २०७७ मङ्सिरमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सहायक निरीक्षक पदका लागि ४ हजार ९४९ जना परीक्षामा सहभागी भएका थिए जसमध्ये ५१३ जना अन्तर्वार्ताका लागि छनौट भएको छन् ।

यसैगरी प्रहरी प्रधान कार्यालयले लिखित परीक्षामा उत्तीर्ण भएका सबै उम्मेदवारहरूको साउन ३ देखि ५ गतेसम्म स्वास्थ्य परीक्षण गरिने जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगन्जमा हुनेछ । स्वास्थ्य परीक्षणमा सहभागी हुनका लागि सक्कलै नागरिकता र प्रवेश पत्रसाथ आधा घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुपर्नेछ ।

विशेष स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको साउन १३ गते प्रहरी प्रधान कार्यालय नक्सालमा पाँचौँ चरण अन्तर्गतको सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षा सञ्चालन हुनेछ ।

Comments

KATHMANDU WEATHER