Byroad News

Loading...

इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार


इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार

सिरहा/२६ असार
सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताउनु भयो । ‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय यादव फरार भएका छन्’ बुढाथोकीले भन्नु भयो ।

फरार भएका थुनुवा यादवको खोजी भइरहेको उहाँले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER