थाहानगर/२५ असार
मकवानपुरको थाहानगरका एक युवकसहित दुई जनालाई चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको खिचापोखरी र टेकुबाट २ किलो ८ सय ८० ग्राम लागूऔषध चरेशसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा थाहा नगरपालिका ११ का ३० वर्षीय राम तमाङ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु रहेका छन् ।
काठमाडौं महानगरपालिका-२२ खिचापोखरीमा लागूऔषधको किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले अर्जुनलाई २ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरी सोधपुछ गर्दा उक्त लागूऔषध रामसँग खरिद गरी ल्याएको बताए पश्चात रामलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट २ किलो ६ सय ग्राम चरेशसहित फेला पारी पक्राउ गरेको हो ।
आवश्यकता अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments