काठमाडौं/२५ असार
पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । गत फागुन ११ गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानविन सुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि जलहरी खरिद प्रक्रियामा अख्तियारले चासो देखाएको स्वीकार गर्नु भएको छ ।
त्यसो त फागुनमा राखेको सुनको जलहरीमा क्षति पुगेपछि रातारात मर्मत गर्न लागेको आरोप स्थानीयले लगाएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष समेत रहेका स्थानीय नरोत्तम वैद्यले हतारमा राखेको सुनको जलहरीमा क्षति पुग्दा मूलभट्टलाई क्षति समेत पुगेको भन्ने जानकारी आफूलाई आएको बताउनु भयो । आफ्नो कमजोरी छोप्न कोषले कोभिडका कारण मन्दिर बन्द भएको बेला रातारात मर्मत गर्ने तयारी गरेको आरोप वैद्यले लगाउनु भयो ।
कोेषका सदस्य सचिव डा. ढकाल जलहरीमा क्षति भएको विषयमा सत्यता नरहेको जिकिर गर्नु भयो । जलहरीमा सुनकै किला ठोक्न बाकी रहेको ढकालले बताउनु भयो ।
ढकालले मन्दिरको नियम अनुसार मन्दिरभित्र भट्ट र भण्डारीबाहेक अरु जान मिल्दैन । सहयोगको लागि पनि भण्डारीहरु नै जानुपर्नेमा मूल भण्डारीलाई सूतक परेकाले सुनको किला ठोक्ने काम केही पछि सरेको उहाँले बताउनु भयो ।
केन्द्र सरकारको ३० करोडसहित एक अर्ब रुपियाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । जुन अहिले विचाराधीन छ ।
वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर फागुन ११ गते रिट निवेदन दायर गर्नु भएको हो ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments