Byroad News

Loading...

फरार प्रतिवादी पक्राउपछि कारागार चलान


फरार प्रतिवादी पक्राउपछि कारागार चलान

थाहानगर/२५ असार
मकवानपुर जिल्ला अदालतबाट एक वर्षको कैद सजायको फैसला भई फरार प्रतिवादी पक्राउ परेका छन् । 

२०६७ मंसिर १३ गते एक वर्ष कैद र ३४ हजार ४१९ रुपियाँ जरिवाना तोकिएका हेटौंडा १५ का ३९ वर्षीय घिसिङ कान्छा भन्ने सानु कान्छा लोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पक्राउ गरेको हो । 

पक्राउ परेका लोलाई जिल्ला अदालत उपस्थित गराई कैद भुक्तानका लागि भीमफेदी कारागार चलान गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER