काठमाडौं/२५ असार
दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गरेका संवैधानिक इजलासका न्यायाधीशहरु फैसला लेखनमा व्यस्त हुनु भएको छ । असार २८ गते (सोमबार)का लागि ‘हेर्दाहेर्दै’मा पेशी तोकिएको छ।
त्यही दिन विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुट्नु भएको हो । असार ९ गतेदेखि सोमबारसम्म निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।
विघटन मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्राद खतिवडा सोमबारपछि नियमित काममा फर्किन
भएको छैन ।
यस अवधिमा प्रधानन्यायाधीश राणाबाहेक अरु न्यायाधीशहरु कार्यालयसमेत आउनु भएको छैन ।
‘सम्मानीय ज्यू, कार्यालय (सर्वोच्च अदालत) आउनुहुन्छ, तर केही समय बसेर फर्किनुभएको छ। अरु न्यायाधीशहरु सोमबारपछि आउनुभएको छैन’, सर्वोच्चको सुरक्षा स्रोतले भन्यो।
पाँँचै जना न्यायाधीशहरुले दैनिक काम छाड्नु भए पनि त्यसमध्ये दुईजनाले फैसला लेखनको मुख्य जिम्मेवारी पाउनु भएको छ ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments