भक्तपुर/२५ असार
भक्तपुरको घ्याम्पेडाँडामा सरकारी गाडीभित्र भएको यौन क्रियाकलाप सहमति मै भएको महिलाले बयान दिएका छन् ।
क्रियाकलापमा संलग्न युवती श्रीमानसँग झगडा गरेर निस्किएको र बाटोमा हिँडिरहेका बेला बोलाएका पुरुषसँग सहमतिमै त्यहाँ पुगेको प्रहरीलाई बयान दिएको बताइएको छ ।
‘युवतीले नै सहमतिमा सम्बन्ध भएको बताएकी छिन्’, भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले भन्नुभयो । प्रहरीले बुधबार राति घ्याम्पे डाँडाको जङ्गलमा गाडी रोकेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार एक जना गाडीबाहिर बसेर कुरिरहेका थिए भने ४१ वर्षीय जितबहादुर खत्री र २१ वर्षीया युवती यौन क्रियाकलापमा संलग्न थिए।
प्रहरीलाई देखेपछि बाहिर कुरिरहेका शम्भु कार्की त्यहाँबाट भागेका थिए। शंका मान्दै नजिक पुगेर हेर्दा गाडीभित्र युवती नाङ्गै अवस्थामा देखिएको प्रहरीको भनाइ छ। प्रहरी आइपुगेको चाल पाएपछि जितबहादुर गाडीको ढोका खोलेर नाङ्गै भागेका थिए। तर, प्रहरीले लखेट्दै समातेका थिए ।
प्रारम्भिक सोधपुछमा युवतीले त्यस दिन आफू श्रीमानसँग झगडा गरेर निस्किएको र आफूलाई लिन बोलाएको पुरुष नआएकाले बाटामा एक्लै हिँडिरहेको अवस्थामा जितबहादुरसँग भेट भएको बताएको प्रहरीको भनाइ छ।
‘सिर्जनानगरमा म हिँडिरहेको थिएँ। उहाँहरुले गाडी रोकेर कुरा गर्नु भयो। हामीबीच पैसाको कुराकानी पनि भएको थियो। सहमतिपछि म उहाँहरुसँग जान तयार भएको थिएँ’, ती युवतीको भनाइ उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताउनु भयो ।
युवतीलाई भेट्दा गाडीमा सवार दुवै जनाले मादक पदार्थ सेवन गरेको र युवतीले दुवैसँग यौन सम्बन्ध राख्न ‘सहमति’ गरेको बताइएको छ।
प्रहरीका अनुसार त्यस दिन श्रीमानको पर्सबाट एक सय रुपियाँ झिकेको निहुँमा विवाद भएपछि युवती कलङ्कीस्थित कोठाबाट निस्किएकी थिइन्। करिब एक वर्षअघि ती युवतीले विवाहित पुरुषसँग विवाह गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भएको खुलेको छ।
प्रहरीले मुलुकी फौजदारी अपराध ऐन २०७४ को दफा १२३ मा व्यवस्था भएको सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने अनुसार अनुसन्धान सुरु गरेको छ।
यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
-
9 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments