Byroad News

Loading...

एमाले कार्यदलको आजको बैठकले निष्कर्ष दिने नेता नेम्वाङको विश्वास


एमाले कार्यदलको आजको बैठकले निष्कर्ष दिने नेता नेम्वाङको विश्वास

काठमाडौं/२५ असार
आन्तरिक विवाद मिलाउने प्रयासमा नेकपा एमालेको कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताउनु भयो।

नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरु विगत केही दिनयता सक्रिय भए पनि वार्तामा कुनै प्रगति भएको देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।

बिहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको बताउनु भयो । ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यही अवस्थामा छौं । खास प्रगति गरेका छैनौं,’ बिहीबार दोस्रो पटकको बैठकपछि भुसालले पत्रकारहरुसँग प्रतिक्रिया दिनु भएको थियो ।

Comments

KATHMANDU WEATHER