काठमाडौं/२४ असार
फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ ।
त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा मासिक एक लाख रुपियाँ तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।
उनले पीडितसँग चार लाख ५० हजार रुपियाँ लिई काठमाडौँबाट काँकडभिट्टा हुँदै भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।
उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments