Byroad News

Loading...

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण


दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण

कान्डला/२४ असार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नु भएको छ ।

अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्ने खबर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको समाचारमा उल्लेख छ । 

स्थानीय समय अनुसार बुधबर अबेर उहाँ आफ्नो निवास नजिकै रहेको जेल पुगेको उहाँ निकटका अधिकारीहरुले जानकारी दिनु भएको छ । उहाँलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै आत्मसमर्पण गर्नु भएको हो । 

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाको अझै पनि हजारौँ समर्थक छन् । उहाँ आफै आत्मसमर्पणका लागि गएको विषयलाई उहाँका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन् । 

उहाँकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जाँदै गरेको र उहाँको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा प्रमाण पेश गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना जेल सजाय सुनाइएको हो ।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेल सजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।

Comments

KATHMANDU WEATHER