Byroad News

Loading...

एमाले कार्यदल बैठक सकियो, साँझ फेरि बस्ने


एमाले कार्यदल बैठक सकियो, साँझ फेरि बस्ने

काठमाडौं/२४ असार
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। मध्यान्न १२ बजेपछि सुरु भएको बैठक साँझ सम्मका लागि स्थगित भएको हो।

यो बैठक अब बेलुकी ७ बजे बस्ने ओली समूहबाट कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिनुभयो । पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने उहाँले बताउनु भयो । 

यसअघि बिहीबार विहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो।

उक्त वार्तापछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जानु भएको थियो । रावल कोटेश्वरबाट फर्केपछि मात्रै सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको थियो।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र विष्णु रिमाललगायत ११ जना सहभागी हुनुहुन्थ्यो ।

बुधबार साँझ एमाले विवादका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो।

Comments

KATHMANDU WEATHER