Byroad News

Loading...

घुससहित करारका सब–इन्जिनियर पक्राउ


घुससहित करारका सब–इन्जिनियर पक्राउ

काठमाडौं/२३ असार
सामाजिक विकास मन्त्रालय वागमती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङका सब–इन्जिनियर विनोद सापकोटा २० हजार रुपियाँ घुससहित पक्राउ परेका छन् ।

खेलकुद मैदान निर्माण सम्पन्न गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिई सकेको अवस्थामा उहाँ पक्राउ पर्नु भएको हो ।

सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा धादिङ, थाँक्रे गाउँपालिका वडा नं. २ स्थित हुलाक डाँडाबाट उहाँलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

सापकोटालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता रिसालले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER