हेटौंडा/२३ असार
भूमि सम्वन्धी समस्या समाधान आयोगले हेटौंडा उपमहानगरपालिकामा गरेको कामको विषयमा आज (बुधबार) अन्तर्क्रिया गरेको छ । हेटौडा उपमहानगरपालिका भित्रका १९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा सचिव र वडा सदस्यसॅंग आयोगका पदाधिकारीहरुले छलफल गर्नु भएको हो ।
कार्यक्रममा भूमि सम्वन्धी समस्या समाधान गर्नका लागि हेटौंडामा गरिएका कामका विषयमा छलफल गरिएको आयोग मकवानपुरका अध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभयो । हालसम्म हेटौंडामा लगत संकलन गर्नका लागि भएका कामको प्रगती, समीक्षा र आगामी दिनमा गरिने कामको बिषयमा छलफल गरिएको अध्यक्ष रानाले बताउनु भयो ।
कार्यक्रममा जग्गा नापजाँच र प्रमाणिकरण सम्वन्धी हालसम्मको कामका बिषयमा हेटौंडा उपमहानगरपालिकाका अधिकृत गंगा चौलागाईले प्रस्तुतिकरण गर्नुभयो । वडाहरुबाट लगत संकलन गरेर वडाहरुमा भएका देखिएका समस्याका बिषयमा जानकारी गराइएको छ ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षता तथा आयोगका केन्द्रीय सदस्य केशव देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, आयोग सदस्यहरु तुलसी रिजाल, प्रतिमा श्रेष्ठ, वडा अध्यक्षहरु लगायतकाको सहभागिता थियो । यसभन्दा अघि मकवानपुरको बागमती, वकैया र मनहरी गाउॅंपालिका छलफल कार्यक्रम सम्पन्न भइसकेको छ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments