Byroad News

Loading...

हाइटीका राष्ट्रपतिको निजी निवासमै हत्या


हाइटीका राष्ट्रपतिको निजी निवासमै हत्या

एजेन्सी/२३ असार
हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको छ । राष्ट्रपति मोइसको गएराति आफ्नो निजी निवासमै हत्या भएको हो ।

मंगलबार मध्यरातमा मोइसको निजी निवासमा हत्या भएको हो । उक्त आक्रमणमा उनकी श्रीमती मार्टिन मारी जोसेप घाइते भएकी छन् ।

केही हतियारधारी व्यक्तिहरुले मोइस र उनको परिवारमाथि आक्रमण गरेका हाइटीका स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
आक्रमणको क्रममा उनीहरुले स्पेनिस भाषामा बातचित गरेको तर आक्रमणकारीको अहिलेसम्म पहिचान खुल्न नसकेको हाइटीको प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।

Comments

KATHMANDU WEATHER