काठमाडौं/२३ असार
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गर्नु भएको छ ।
बुधबार सिंहदरबामा उहाँसहित बसेको विवाद समाधान कार्यादलको बैठक सकिएपछि प्रतिक्रिया दिने क्रममा उहाँले त्यस्तो दाबी गर्नु भएको हो ।
उहाँले पछिल्ला तीन दिनका कार्यदल बैठकहरु सकारात्मकउन्मुख रहेको र भोलिसम्म एकता टुंगिने दाबी गर्नु भएको हो ।
उहाँले भन्नुभयो,‘ आजका लागि बैठक सकिएको छ। हामी एकताको अन्तिम चरणमा छौँ। भोलिसम्म टुंगो लाग्नेमा हामी विश्वस्त छौँ।’
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बिद्रोही नेता माधवकुमार नेपाल पक्षका ५/५ जना कार्यदलका सदस्यहरु सामेल हुनुहुन्थ्यो । बैठक हिजो र अस्ति पनि बसेको थियो।
ओलीले एकता अवरुद्ध हुने देखेपछि सोमबार कार्यदल ब्यूँताएका हुन्। उनले नेपाल, कार्यदलका सदस्य भीम रावलसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यमासमेत नरहने गरी निकालेपछि कार्यदलको औचित्य समाप्त भएको थियो।
पछिल्लो पटक ओलीले नेपाल पक्षको माग अनुसार आफूले १० औँ महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी ब्यूँताउँदा पनि एकताका लागि नेपाल पक्ष नआएको आरोप लगाउनु भएको छ ।
तर, उहाँको २३ जना माओवादी पृष्ठभूमिका नेताहरुसहितको केन्द्रीय कमिटी मान्नु पर्ने अडान नेपाल पक्षले स्वीकार गरेका छैनन्। यसैबीच कार्यदलका सदस्यहरुले एकता नजिक पुगेको दाबी गर्नु भएको हो ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments