काठमाडौं/२३ असार
पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् । तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने बताउनु भएको छ ।
राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दु:ख पाइरहेको भन्दै उहाँले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गर्नु भएको थियो ।
उहाँले जारी गर्नु भएको विज्ञप्तिमा लेखिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।’
विज्ञप्तिमा लेखिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’
ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिनु भएका थिए । उहाँ राजा महेन्द्रका माहिला छोरा हुनुहुन्छ । वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बन्नु भएको थियो ।
राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उहाँविरुद्ध २०६२/०६३ जनआन्दोलन भएको थियो । सोही जनआन्दोलनको बलमा पुन:स्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य हुनु भएको थियो ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments